एमाले केन्द्रीय कमिटीको बठैक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटी बैठकमा सहभागीताका लागि माधव पक्षका नेतालगायत नेताहरूलाई २०७५ जेठ २ कै हैसियत अनुसारको पद तोकेर पत्राचार गर्नुभएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्न लागेको केन्द्रीय कमिटीको १३औं बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने निर्णय गरेको छ । तर हिजो साँझ पार्टी विभाजनतर्फ नलैजान आग्रह गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच अनौपचारिक संवाद भएको छ ।

अध्यक्ष ओलीले नेता नेपाललाई बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न आग्रह गर्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker