युरोकपको क्वाटर फाइनल आज रातीबाट सुरु हुँदै, स्विचरल्यान्ड र स्पेनका साथै इटली र बेल्जियम प्रतिस्पर्द्धा गर्दै

काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेल आज राती ९ः४५ बजेदेखि सुरु हुँदै छ । राती ९ः४५ बजे रुसको सेन्ट पिटर्सवर्गमा स्विचरल्यान्ड र स्पेनका साथै जर्मनीको म्युनिखमा इटली र बेल्जियमले राती १२ः४५ बजे प्रतिस्पद्र्धा गर्ने छन् ।

आजको दुबै क्वाटर फाइनलका विजेताले नै युरोकप २०२० उचाल्ने अनुमान भइरहेकोले दुबै खेल रोमाञ्चक हुनेछ ।

यस्तै, तेस्रो क्वाटरफाइनल खेल असार १९ गते राती ९ः४५ बजे अजरवैजानको बाकुमा चेक गणतन्त्र र डेनमार्कबीच र चौथो तथा अन्तिम क्वाटरफाइनल खेल त्यही दिन राती १२ः४५ बजे इटलीको रोममा इङल्यान्ड र युक्रेनबीच हुनेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker