कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर नेपाल पक्षले सोमबारसम्ममा फिर्ता लिनुपर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको आज बसेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपाल पक्षका सांसदहरुले गरेको हस्ताक्षर सोमबार साँझ पाँच बजेसम्म फिर्ता लिनुपर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ताप्रदिप ज्ञवालीले बताउनुभयो । ज्ञवालीले कोरोना भाइरसविरुद्धको खोप तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको बताउनुभयो ।

बैठकले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वाथ्यलाभको कामना गरेको छ । अब अर्को बैठक भोली ३ बजे बस्ने गरी स्थगित गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker