प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७२ करोड निकासा

काठमाडौं । निर्वाचन आयोगलाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्थ मन्त्रालयले ७ अर्ब ७२ करोड ८३ लाख बजेट निकासा दिएको छ । प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा मन्त्रालयले बजेट निकासा दिएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को लागि निर्वाचचन सामग्रीलगायतको व्यवस्थापनका लागि बजेट निकासा दिएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा भंग गरेर कार्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा निर्वाचन घोषणा गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker