
ताप्लेजुङ । सिरिजंघा गाउँपालिका २ पुल्चोकस्थित सुन्तली हाइड्रोपावरमा काम गर्ने एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीइ २२ वर्षीय प्रमोद कुँवरको मृत्यु भएको हो ।
हाइड्रोपावरको ट्रान्सफर्मरमा फ्युज चेन्ज गर्ने क्रममा करेन्ट लागेर कुँवरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
