सोमबारसम्ममा हस्ताक्षर फिर्ता नलिए पार्टी एकता हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबारसम्ममा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर वरिष्ठ नेता माधवकुमार पक्षका सांसदहरुले फिर्ता नलिए पार्टी एकता नहुने प्रष्ट चेतावनी दिनुभएको छ ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले जसले विपक्षी पार्टीका नेतालाई बोकेर हिँड्छ उसैका लागि पर्खिनुपर्ने, अब कसैको लागि नरोकी एमाले अघि बढ्ने बताउनुभयो । एमालेलाई सिध्याएर आउनेका लागि पार्टीमा राख्न नसकिने उहाँले बताउनु भयो ।

१–२ जना नेतालाई वार्ता गर्न लगाएर पार्टी सिध्याउने षाडयन्त्रमा लाग्नेहरुका लागि अब एमालेले नपर्खने उहाँले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker