ओली र नेपालले संयुक्त वक्तव्य दिने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त वक्तव्य दिने भएको छ । एमाले उपमहासचिव विष्णु पौडेल, नेताद्वय सुवास नेम्वाङ र शंकर पोखरेलको टोलीले आज वरिष्ठ नेता नेपालको निवास कोटेश्वर पुगेर संयुक्त वक्तव्यको प्रस्ताव गर्नुभएको थियो ।

नेता नेपालले दुबै पक्षका नेता रहेको कार्यदललाई वक्तव्य बनाएर ल्याउन स्विकृति दिनुभएको एक नेताले बताउनुभयो । अब दुबै पक्षले कार्यदल ब्यूँताउन छलफल गरिरहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker