सरकारद्वारा घरबार गुमाएकालाई ५० हजार राहतको घोषणा

काठमाडौं । सरकारले बाढीपहिरोले आंशिक तथा पुर्ण घरबार क्षति भएका ५ सय ७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न ५० हजारका दरले राहत दिने सरकारले घोषणा गरेको छ ।

गृहमन्त्री विष्णु पौडेलले राष्ट्रियसभामा आईतबार बोल्दै बाढीपहिरो पिडितलाई अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख बजेट व्यवस्था गरेर जिल्ला प्रशासन कार्यालयहरुबाट हस्तान्तरणको प्रक्रिया अघि बढाएको जनाकारी गराउनुभएको छ ।

बाढीपहिरोले निजी आवास गुमाएकाहरुलाई निजी आवास पुर्ननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम पुर्ननिर्माणको काम अघि बढाएको उहाँले बतताउनुभयो ।
बाढीपहिरोले हालसम्म ५ सय ५ निजी घर पुर्णरुपमा, १ सय १२ घरहरु आंशिक, ३६ सरकारी कार्यालय, ९ वटा विद्यालयमा क्षति भएको मन्त्री पौडेलले बताउनुभयो । छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker