२ हजार ५५२ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । देशभरबाट गएको २४ घण्टामा २ हजार ५ सय ५२ जना कोरोना भाइरस (कोभिड–१९)संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार वितेको २४ घण्टामा थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हालसम्म कोभिड– १९ का कारण मृत्यु हुनेको संख्या ९ हजार २ सय २५ पुगेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker