
काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कोठा भाडा प्रकरणमा कारवाहीको माग गर्दै सञ्चारकर्मी रूपा सुनारले सर्वोच्च अदालतमा आज रिट दायर गर्नुभएको छ ।
सुनारलाई जातीय विभेद गर्दै काठमाडौंको बबरमहलकी सरस्वती प्रधानले घर भाडामा नदिएको भन्दै जिल्ला प्रशासन र प्रहरीमा उजुरी दर्ता गराउनुभएको थियो । उक्त उजुरीका आधारमा प्रधानलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइरहेको अवस्थामा मन्त्री श्रेष्ठ आफै प्रहरीमा गएर छुटाउनु भएको थियो ।
सुनारले दायर गरेको रिटमा संवैधानिक अनधिकृत कार्य गर्ने शिक्षामन्त्री श्रेष्ठलाई तत्काल पदबाट हटाई जातीय छुवाछुत तथा अन्य सामािजक भेदभाव ऐन बामेजिम अनुसन्धान गरी कारवाहीको माग गरेको उल्लेख छ ।