प्रदेश १ मा ७९२ संक्रमणमुक्त, ४२७ थपिए

विराटनगर । प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका मध्ये ३५२ महिला र ४४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५३५ पुगेको छ ।

प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमित थपिएका छन् । ८०३ जनाको पिसिआर परीक्षण गर्दा ३१२ र ५१२ जनाको एन्टिजेन परीक्षण गर्दा ११५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या पिसिआर परीक्षणमा ७३ हजार ३८ र एन्टिजेन परीक्षणमा १८ हजार ८८९ पुगेको छ । सक्रिय संक्रमित ६ हजार २२८ रहेको मन्त्रालयले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker