बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा सामाजिक सुरक्षा कोषविरूद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषविरुद्ध आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । सामाजिक सुरक्षा कोषमा आबद्ध नभए जरिवाना गर्ने व्यवस्थाविरुद्ध परमादेशलगायतको उपयुक्त निर्देशनसहितको आदेश जारी गरिपाऊँ भनी रिट निवेदन दायर गरेको हो ।

गैरकानुनी रुपमा सामाजिक सुरक्षाको नाममा कोषको कार्यालयले नेपाल बैंकर्स संघलाई सूचिकृत गराइदिन भन्दै पत्राचार गर्नु र सूचीकृत नभए कानुनी कारबाही गर्नेलगायतको गैरकानुनी प्रक्रिया बदर गर्न रिटमा माग गरिएको छ ।

राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड तथा कृषि विकास बैंक लिमिटेड लगायतलाई कोषमा आबद्ध नहुनु पर्ने तर अन्य निजी बैंकलाई आबद्ध गराउन दिइरहेको दवावको विरुद्ध रिट दायर गरेको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker