पदमुक्त गरिएका उपमेयरहरु सर्वोच्चको आदेशमा पुनर्वहाली

काठमाडौं । माओवादी केन्द्रबाट निर्वाचित भई एमालेमा प्रवेश गरेको भन्दै माओवादीले कारवाही गरेको आधारमा निर्वाचन आयोगले पदमुक्त गरेका ५ जना जनप्रतिनिधि सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका छन् ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी महतो,मौलापुर नगरपालिका उपमेयर गौरीशंकर जयसवाल र देवाही गोनाही नगरपालिकाका उपमेयर परनीयादेवी पटेललाई सोही पदमा यथावत काम गर्न दिन अन्तरिम आदेश जारी गरी पुनर्वहाली गरेको हो ।

यस्तै, यमुनामाइ गाउँपालिकाकी उपाध्यक्ष गितादेवी साह र माधवनारायणपुर नगरपालिकाकी उपमेयर सिम साहलाई पनि निर्वाचन आयोगले पदमुक्त गरेकोमा अदालतले पुनर्वहाली गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker