लोक सेवा आयोगद्वारा थप दुई सचिव पदमा बढुवाका लागि ६ जना सहसचिवको नाम सिफारिस

काठमाडौं । लोक सेवा आयोगले थप दुई सचिव पदमा बढुवाका लागि ६ जना सहसचिवको नाम सिफारिस गरेको छ । आयोगले रिक्त रहेको प्रशासन र प्राविधिकतर्फका सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रशासनतर्फ सहसचिव मधुसुदन बुर्लाकोटी, कृष्णहरी पुष्कर र खगेन्द्रप्रसाद नेपाल र प्राविधिकतर्फ सुशील चन्द तिवारी, गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनालको नाम सचिवमा बढुवाका लागि आयोगले सिफारिस गरेको छ ।

दुबै समूहको सचिवमा बढुवाका लागि बुर्लाकोटी र तिवारीको संभावना अत्यधिक रहेको छ । यसअघि पनि उहाँहरुको नाम सिफरिस भएकोले यस पटक संभावना बढेको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker