काबेलीमा दुई बालक बेपत्ता

विराटनगर । पाँचथरको याङवरक गाउँपालिकास्थित काबेली खोलाले बगाएर दुई जना बालक बेपत्ता भएको छ । याङवरक ४ थर्पुका १४ वर्षीय लक्ष्मण योङहाङ र ८ वर्षीय विपल योङहाङ वेपत्ता भएको हो ।

हिजो साथीहरुसँग पौडी खेल्न गएका दुबै जनालाई खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुबै जनाको प्रहरी र स्थानीय मिलेर खोजी गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker