किसानको बक्यौंता तिर्न डीडीसीले लियो सरकारसँग २० करोड ऋण

काठमाडौं । दुग्ध विकास संस्थानले किसानसँग खरिद गरेको दुधको बक्यौंता रकम तिर्न सरकारसँग २० करोड रुपैयाँ ऋण लिएको छ । कोरोना महामारीले दुधजन्य पदार्थको बिक्री बितरण हुन नसकेकोले देशभरिका किसानको ४५ करोड बढी भुक्तानी छ महिनादेखि रोकिएको हो ।

संस्थानले सरकारसँग ५ प्रतिशत ब्याजमा १० वर्षका लागि सहुलियत ऋण लिएको संस्थानका एक कर्मचारीले बताउनुभयो । कोरोना संक्रमण न्यूनीकरण भएर निषेधाज्ञा खुलेको हुँदा बिक्री बितरण पनि बढ्ने र ऋणबाट आएको रकम समेत थप गरेर किसानलाई भुक्तानी दिने संस्थानले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker