झापामा निषेधाज्ञा असार मसान्तसम्म थपियो, यातायात जोर बिजोर प्रणालीबाट सञ्चालन गरिने

झापा । थप खुकुलो पार्दै झापामा असार मसान्तसम्मको लागि निषेधाज्ञाको समय थपिएको छ । डिसीसीएमसीको बैठकपछि जिल्ला प्रशासन कार्यालय झापाले आज सूचना जारी गर्दै असार ३१ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गराएको हो ।

यसअघि जारी गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेसम्म सकिदै थियो । जारी सूचना अनुशार निषेधाज्ञालाई थप खुकुलो पारिएको छ । मल खाद, बिउ विजन, कुखुरा चल्ला दाना पसल, पशुपंक्षीका आहारा तथा कृषी सम्बन्धि पसल भने विहान ६ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

यस्तै औषधी र स्वास्थ्यसामग्री, ईन्धन, खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दूध डेरी, पुस्तक, निर्माणजन्य सामग्री, ईलेक्ट्रोनिक, टेलरिङ, ड्राईक्लिनर्स, लत्ताकपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटीक, भाँडा, सवारी साधनका शोरुम, प्लास्टिक तथा मेसीनरी, फर्निचर पसल विहान ६ बजे देखी साझ ५ बजे सम्म संचालन गर्ने व्यवस्था गरिएको छ ।

यसैगरि होटल ब्यवसाय समेत साँझ ५ बजे सम्म सामाजिक दुरी कायम गरि संचालन गर्न दिने निर्णय भएको छ । बैठकले अत्यावश्यक सेवा बाहेकका निजी तथा सार्वजनिक यातायात पनि जोर बिजोर प्रणालीमा शुरु गर्ने निर्णय गरेको छ ।

जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी साधनलाई सञ्चालन गर्न दिइने जारी सूचनामा उल्लेख छ । सार्वजनिक सवारी साधन भने लामो दुरीमा झापा, इलाम, मोरङ र सुनसरी गरी चार जिल्लामा मात्र सञ्चालन हुन पाउनेछन् । यसकालागि स्वास्थ्य मापदण्डका विभिन्न शर्तहरु भने पालना गर्नुपर्ने भएको छ ।

हेरौं जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको सूचना

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker