मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्ने समय असार ३१ देखि साउन १५ सम्म

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न असार ३१ देखि साउन १५ गतेसम्मको समय तोकेका छ । आयोगले आज विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि दल दर्ताको समय दिएको हो ।

सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । आयोगले सो अनुसार कार्यतालिका सार्वजनिक गरेको हो । कात्तिक २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि आयोगले असोज २१ देखि असोज २६ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि असोज ३१ देखि कात्तिक ५ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

आयोगले अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन गर्ने जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने भदौ २ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker