भीरबाट लडेर किशोरको मृत्यु

उदयपुर । रौतामाई नगरपालिकाको जरंगेडाँडा भिरबाट लडेर बाख्रा चराउन गएका किशोरको मृत्यु भएको छ । रौतामाई ४ माल्वासेका १३ वर्षीय बिशाल सार्कीको मृत्यु भएको हो ।

घर नजिकै रहेको जंरगेडाँडा भिरमा बाख्रा चराउन गएको बेला लडेर भिरबाट खस्दा घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker