आउँदो शुक्रबारसम्म जीवन विकासको आइपीओ बाँडफाँड हुने

काठमाडौं । जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आइपीओ) यहि साता भित्र बाँडफाँट गर्ने तयारी गरेको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले प्रिअलोटमेन्ट सम्बन्धी सम्पूर्ण काम सकेर यहि साता भित्र आईपीओ बाँडफाँट गर्ने तयारी गरेको हो । क्यापिटल स्रोतका अनुसार डेटा भेरिफिकेशनको काम सकिसकेको छ । अब केहि दिन भित्र प्रि–अलोटमेन्ट गरी शुक्रबार भित्र लघुवित्तको शेयर बाँडफाँट हुनेछ ।

लघुवित्तको आईपीओमा तीन अर्ब रुपैयाँ बराबरको तीन करोड १२ लाख ६६ हजार २६२ कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ४८ हजार १५ कित्ताको १६ दशमलव ९२ गुणा हो ।

लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले मात्रै लघुवित्तको शेयर पाउनेछन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker