मोरङमा खुकुलो पार्दै थप एक साता निषेधाज्ञा लम्बियो

जोर विजोर प्रणालीमा सबै सवारी साधन चल्ने

विराटनगर । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले थप खुकुलो पार्दै एक साता निषेधाज्ञा लम्ब्याएको छ । असार २८ गतेसम्म निषेधाज्ञा लम्ब्याएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निषेधाज्ञा एक साता थपिएको तर मंगलबारदेखि जोरविजोर प्रणालीमा सबै किसिमका सवारीसाधन सञ्चालन हुने व्यवस्था गरिएको बताउनुभयो ।

जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले यस पटक निषेधाज्ञा अवधिभरि सबै किसिमका पसलहरु बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको पोखरेलले बताउनुभयो ।

उहाँले शैक्षिक संस्था, सैलुन, ब्यूटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार सञ्चालन गर्न नपाउने बताउनुभयो । अहिले अस्पतालहरुमा कोरोना संक्रमितको संख्या घटेकोले पसलहरु सञ्चालनका साथै सवारी साधन पनि नियन्त्रित रुपमा सञ्चालन गरिएको तर संक्रमणको जोखिम यथावतै रहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड सबैलाई अपनाउन उहाँले आग्रह गर्नुभयो ।

कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक बैशाख १८ गते राती १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker