
रत्ननगर । रजतपट कोसेली अभियान ,विपद मा खाधान्न वितरण अभियान अन्तर्गत रत्ननगरका वाढी प्रभावित एवं दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको छ ।
चितवनको रत्ननगर नगरपालिका वडा नं ६मा रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा बछौलीको समन्वयमा सेभ द माइन्ड नेपालकी अध्यक्ष एवं सामाजिक अभियान्ता पुजा भुसालको पहलमा रजतपट कोसेली अभियान कार्यक्रम अन्तर्गत रत्ननगर–५,६ र ७ मा रहेको वाढी प्रभावित एवं दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न जो लकडाउनको समयमा काम गर्न नपाएका कारण बिहान बेलुकी छाकनै नटर्नेहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
अफ्ठेरो परिस्थितिमा राहत स्वरुप सामग्री सहयोग गरिएको उप शाखाका निवर्तमान सभापति एवं उपशाखा अन्तर्गत सञ्चालित नागरिक सहायत कक्षका संयोजक राममणी खनालले वताए ।
उपशाखा बछौलीको पहलमा रजतपद कोसेली अभियान ,विपदमा खाधान्न वितरण अभियान अन्तर्गत अति विपन्न ५४ परिवार लाई खाद्य सामग्री वितरण गरिएको खनालले वताए ।
सहयोग स्वरुप प्रति परिवार १ बोरा चामले नुन, दाल , तेल र चना सहयोग गरेको उपशाखाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा वडा सदस्यदोय किरण महतो, केशरी माया सुनार, निर्देशक समाजका उपाध्यक्ष दिपक खाड लगायतको सहभागिता रहेको थियो ।