दुईदिन कमजोर बनेको मनसुन भोली देखि पुनः सक्रिय हुने

काठमाडौं । दुई दिनयता कमजोर बनेको मनसुन भोली बुधबारदेखि पुनः सक्रिय हुने भएको छ । मनसुन सक्रिय भएसँगै देशभर मध्यमदेखि भारी वर्षा गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुशार भोलिदेखि वर्षा गराउने न्यूनचापीय रेखा नेपाल प्रवेश गर्दैछ र यसले पूर्वदेखि पश्चिमसम्म वर्षा गराउन सक्नेछ । आज काठमाडौं उपत्यकामा घाम लागेको छ । बाँकी प्रदेशमा आंशिकदेखि पूर्ण बदली रहेको छ ।

भोलीदेखि प्रदेश नम्बर १, २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुनेछ । केहि स्थानमा भारी र एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

न्यूनचापीय रेखा पूर्वबाट पश्चिमतर्फ सर्दै जाने भएकाले विहीबारदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker