एनआरएनद्वारा इटहरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

इटहरी । गैर आवासीय नेपाली संघले इटहरी अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । इटहरी अस्पतालमा आज आयोजित एक कार्यक्रमका बीच संघले अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।

इटहरी अस्पतालका मेडिकल सुपरिडेन्ट डा योगेश चेम्जोङ्गले महामारीको यो समयमा एनआरएनएले इटहरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker