पेट्रोलियम पदार्थसँगै खाना पकाउने ग्यासको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थसँगै खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनको प्रति लिटर २–२ रुपैयाँ मूल्य बढाएको हो ।

खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ र अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा प्रतिकिलोलिटर १९ डलर मूल्इ बढाएको छ । निगमले गरेको मूल्य वृद्धिले काठमाडौंमा प्रतिलिटर पेट्रोल १ सय २९, डिजेल र मट्टीतेल समान एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको हो ।

आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको जनाइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker