जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड, ५ जना भाग्यमानीले पाए ११ कित्ता

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आइपीओ) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट भएको हो।

यस आइपीओमा गोला प्रथा मार्फत् १ लाख ८४ हजार ८०१ जनाले सेयर हात पारेका छन्। जसमध्ये जसमध्ये १ लाख ८४ हजार ७९६ जनालाई १० कित्ता र ५ जना भाग्यमानिले ११ कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४८ हजार १५ कित्ता सेयर बाँडफाँट गरेको हो।

जीवन विकासले असार ११ गतेदेखि १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेकामा ० दशमल ५ प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डका लागि छुट्याएको थियो।

यस आइपीओमा हालसम्मकै उच्च आवेदन परेको छ। बिक्री प्रबन्धकका अनुसार कुल २० लाख ८७ हजार ३१७ जना लगानीकर्ताले आवेदन दिएकामा २० लाख १८ हजार ३०८ जनाको आवेदन मात्र योग्य ठहरिएको छ।

६९ हजार ९ जना लगानीकर्ताको आवेदन रद्द भएको छ। लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker