माधवकुमार नेपालले मागे पार्टीमा समानान्तर हैसियत

काठमाडौं । नेकपा एमालेको एकताका लागि कार्यदल ब्यूँताएर वार्ता भइरहेको बेला वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा समानान्तर हैसियतको एजेण्डा अघि सारेको छ । नेपालको एजेण्डापछि दुबै समूह छलफलमा जुटेका हुन् ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्तामा सहभागी दोस्रो तहका एक नेताले नेपालले समानान्तर हैसियत कायमको एजेण्डा अघि सारेको बताउनुभयो । उनले पार्टी सञ्चालन र हरेक निर्णयमा राजनीतिक तथा कानूनी मान्यता हुनेगरी ओलीसँगै आफ्नो पनि हस्ताक्षर हुनुपर्ने बताउनुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker