वार्ता टुंग्याउने गरी एमालेको कार्यदल बैठक आज पनि बस्दै

काठमाडौं । एमालेको कार्यदल बैठक आज पनि बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकले सहमतिमा पुगेर वार्ता टुंग्याउने कार्यदलका एक सदस्यले बताउनुभएको हो ।

एमालेभित्रको आन्तरिक विवाद मिलाएर पार्टी एकता कायम गर्न ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल र नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा वार्ता जारी राख्नुभएको छ ।

कार्यदलले वार्ता जारी राखेको बेला वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा समान हैसियत हुनुपर्ने एजेण्डा अघि सार्नुभएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीचको छलफलपछि कार्यदलको बैठक घनिभुतरुपमा अघि बढेको तर हालसम्म ठोस उपलब्धी भने प्राप्त गर्न सकेको छैन ।

त्यसैले आज ठोस उपलब्धीका साथ वार्ता टुंग्याउने कार्यदल सदस्य शुभाष नेम्वाङले बताउनुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker