आइपुग्यो चीनबाट आठ लाख खोप

काठमाडौं । सरकारले कोरोनाविरुद्धको ८ लाख डोज खोप आज चीनबाट ल्याएको छ । नेपाल एयरलायन्सको वाइडबडी विमानले खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो ।

नेपाल सरकारले जीटुजी मोडेलमा चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खरिद गरेको भेरोसेल खोपमध्ये ८ लाख डोज आइपुगेको छ । बाँकी खोप साउन १ र ७ गते आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले ल्याएको खोप १८ वर्ष माथि र ६० वर्षमुनी क्रियाशील उमेरका नागरिकलाई लगाउने लक्ष्य लिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker