कोपा अमेरिका फुटबल प्रतियोगितामा कोलम्बिया तेस्रो

काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिताको आज बिहान सम्पन्न खेलमा कोलम्बिया तेस्रो बन्न सफल भएको छ । कोलम्बियाले पेरुलाई ३–२ ले पराजित गर्दै तेस्रो भएको हो ।

कोलम्बियालाई तेस्रो स्थान प्राप्त गर्न लुइस डियाजले दुई गोलले सफल भएको छ । खेलको पहिलो हाफमा यसीमार योतुनले पेरुलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रतालाई दोस्रो हाफको शुरुमै कोलम्बियाका जुवान क्वाड्राडोले ४९औं मिनेटमा बराबरी गरे ।

लुइस डियाजले ६६औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । तर ८२औं मिनेटमा पेरुका जियानलुका लापाडुलाले गोल गर्दै खेल बराबरी गरे ।

खेलको ९०औं मिनेटमा इन्जुरी टाइमको चौथो मिनेटमा डियाजले गरेको गोल खेलका लागि निर्णायक रहयो । डियाजको गोलले कोलम्बिया तेस्रो स्थान प्राप्त गर्न सफल भयो । ब्राजिलसँग पेरु र कोलम्बिया अर्जेन्टिनासँग सेमिफाइनल खेलमा पराजित भएका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker