मेलम्ची बजारको बस्ती सुरक्षित स्थानमा व्यवस्थापन गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको स्थलगत अवलोकनपछि बस्ती सुरक्षित स्थानमा व्यवस्थापन गर्ने बताउनुभयो । अहिले बस्ती भएको ठाउमा कृषिका लागि उपयोग गरिने उहाँले बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले बाढी प्रभावितलाई सहयोग गर्न सबै आह्वान गर्नुभयो । मेलम्चीको क्षतिग्रस्त सडक, पुललगायत भौतिक संरचनाको पुनःनिर्माणको काम तीव्र रुपमा अघि बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । मेलम्ची बजारस्थित चन्द्रशम्शेरले निर्माण गरेको झोलुङ्गे पुलको संरक्षणमा उहाँले जोड दिनुभयो ।

मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माण गरेर कम्तीमा यस वर्षभित्र काठमाडौँ उपत्यकाभित्र पानी ल्याउने व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker