तामाकोसी गाउँपालिकाको बजेट पारित , स्वास्थ्य संयोजक मिश्र सहित ६ कर्मचारी सम्मानित

सुजन काफले
दोलखा ।दोलखा । जिल्लाको तामाकोशी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि कूल ७१ करोड ५२ लाख ६४ हजार ४३  बराबरको बजेट पारित गरेको छ

गाउँपालिकाको नवौं गाउँसभाले आर्थिक बर्ष २०७८/७९  नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो

डिजिटल माध्यामबाट गाउँ सभा गर्ने दोलखाको पहिलो सूचना प्रविधिमैत्री तामाकोसी गाउँपालिका बनेको छ।
गाउँपालिकाले बजेटमा स्वास्थ्य ,पुर्बाधार र सूचना प्रबिधीलाई विशेष प्राथमिकतामा राखेको छ।
पालिकालाई संघीय सरकारवाट समानिकरण, सर्शत, समपुरक र बिशेष अनुदान तथा राजस्व र रोयल्टि बाँडफाँडवाट गरी ५२ करोड ६२ लाख ९१ हजार ८ सय ७४ र प्रदेश सरकारवाट प्राप्त हुने अनुमान गरिएको छ भने बागमती प्रदेश सरकारवाट अनुदान र सवारी साधनको कार बाँडफाँडवाट ८ करोड ६१ लाख ७२ हजार १ सय ६९ आम्दानी हुनेछ ।

स्वास्थ्य संयोजक मिश्र सहित ६ जना कर्मचारी सम्मानित

गाउँपालिकाले स्वास्थ्य संयोजक मिश्र सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन।
कोभिड-१९ रोगको संक्रमण,नियंत्रण,रोकथाम तथा उपचारमा सफलता प्राप्त गरेको भन्दै गाऊँपालिकाले सर्वोत्कृष्ट कर्मचारीको रुपमा अरुण कुमार मिश्रलाई सम्मानित गरेको हो।

त्यसै गरि गाउँपालिकाले कर्मचारीबाट १ जना स्वास्थ्य २ जना, कार्यालय सहायक १ जना प्राबिधिक २  जना गरेर ६ जना कर्मचारीलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।कोभिड रोकथाम तथ नियन्त्रणमा उल्लेख कार्य गर्ने लगायतका उत्कृष्ट कार्य गर्ने कर्मचारी  गाउँपालिकाले सम्मान कार्यक्रम राखेको थियो।

सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका मिश्रले कोभिड-१९ रोगको संक्रमण, नियंत्रण, रोकथाम तथा उपचारमा गाऊँपालिकाका जनप्रतिनिधि ,कर्मचारी लगायत स्थानीयको सहयोगले मात्र कोरोना नियन्त्रण सफल भएको भन्दै आफुलाइ सम्मानित गरिएकोमा गाउँपालिकालाई बिशेश धन्यवाद ब्यक्त गरेका छन।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker