ब्राउन सुगरसहित ४ जना पक्राउ

सुनसरी । ईटहरी उपमहानगरपालिका ६ बाट ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको निजगढ नगरपालिका १२ घर भई ईटहरी उपमहानगरपालिका ५ बस्दै आएका २७ वर्षीय दिपक भन्ने बिरेन्द्र राई, ईटहरी ५ का १६ वर्षीय १ बालक र ईटहरी ४ का १८ वर्षीय जोन चौलागाई र ईटहरी ४ का २३ वर्षीय बिबेक खड्कालाई पक्राउ गरेको हो ।

ईटहरी ६ स्थित एक होटलमा लागुऔषधको कारोवार भईरहेको गोप्य सूचनाको आधारमा प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान टोली र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको संयुक्त टोलीले ब्राउन सुगरसहित चारै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट ५६ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, बिभिन्न कम्पनीको मोबाईल ३ थान, मोटरसाईकल १ थान र नगद २ हजारसमेत बरामद गरेको छ ।

खड्काको साथबाट २९ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर र १ थान मोवायल बरामद भएको प्रहरीले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker