बिद्यालय, प्रहरी चौकी, अस्पातल र ३२घरपरिवारलाई दोलखा समाज जापनको सहयोग

दोलखा ७ साउन । कोरोनाको कारण मुलुक नै आक्रान्त बनेको बेला दोलखाली नागरिकको स्वास्थ्य सुरक्षा लागी दोलखा समाज जापनले स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
दोलखा समाज जापनले दोलखा सदरमुकाम चरिकोटमा एक कार्यक्रमका माझ जिल्ला रहेका ८४ वटै सामुदायिक माध्यामिक बिद्यालय लाई थर्मलगन र कोभिड अस्पातलहरुलाई स्वास्थ्य सामाग्री बितरण गरेको हो ।
जिल्लाको खरिढुङा प्रहरी चौकी, सातदोबाटे प्रहरी चौकी ,मैनापोखरी प्रहरी चौकी ,जिरी इलाका प्रहरी कार्यालय,सिंगटी इलाका प्रहरी कार्यालय,गोंगर प्रहरी चौकी लाई समेत थर्मलगन दोलखा समाज जापनले सहयोग गरेको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठलाई जिल्लाका सरकारी सबै माध्यामिक बिद्यालयलाई थर्मलगन र अस्पतालहरुलाई दोलखा समाज जापनको आर्थिक सहयोगमा नागरिक समाज दोलखाका अध्यक्ष एवम नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागई स्वास्थ्य सामाग्री प्रदान गरेका छन ।
कालिञ्चोक गाउँपालिका की उपप्रमुख कालिका पाठकको प्रमुख आतिथ्यतामा कोरोनाका कारण जिबनयापनमा समस्या परेका ५ घर परिवारका नागरिकलाई एक बोरा चामल ,४ किलो कालो रातो दाल,एक लिटर तेल,दुई पोका नुन का दरले रहेका खाध्यानको प्रदान गरेकी छिन् ।
त्यसैगरि भीमेश्वर नगरपालिकामा नेपाल पत्रकार महामसंघ दोलखाका सदस्य द्धय डम्बर प्रसाद चौलागाई र छबिन्द्र प्रसाद चौलागाई आतिथ्यतामा दोलखा समाज जापन सहयोग गरेको १७ परिवारलाई खाध्यान प्रदान गरेकाछन । सोही समयमा उनीहरुले कोरोना संक्रमितलाई ५जानलाई औषधि र पोष्टिअहारको लागी नगद समेत प्रदान गरेकाछन । शैलुङ गाउँपालिका प्रमुख भरत दुलालको प्रमुख आतिथ्यतामा दोलखा समाज जापनको सहयोगमा कोरोनाबाट पिडित नागरिकलाई खाध्यान बितरण गरेको छ । दोलखा समाज जापनको आर्थिक सहयोगमा प्राप्त ५ घरपरिबारलाई दुलालले सहयोग बाँडेकाछन ।
निमार्ण ब्यवासायी संघ दोलखाका महासचिवको राजेश थापाको प्रमुख आतिथ्य बैत्यश्वर गाउँपालिका कोरोनाबाट पिडित ५ घर परिवारका नागरिकलाई खाध्यान बितरणल गरिएकोछ । ७५ हजार दोलखा समाज जापनको आर्थिक सहयोग नागरिक समाज दोलखाका अध्यक्ष एवम नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष चौलागाइको समन्वयमा जिल्लामा खाध्यान बितरण भएकोछ ।
यो समाजले स्वार्गीय पत्रकार रबिन्द्र गौतमको परिवारलाई ,एक लाख ५५ हजार ,स्वार्गीय शम्भु जिरेल नाममा ५२ हजार ४ सय ३० अक्षय कोष ,नेपालपत्रकार महासंघको कल्याणकारी कोषमा ३५ हजार,तत्काल जिल्लाका कोडिट अस्पतालको लागी करिब ६ दोलखा समाज जापनबाट प्राप्त भएको नागरिक समाज दोलखाका अध्यक्ष चौलागाईले बताए । हामी दोलखाका नागरिको जिबन रक्षाको लागी निरन्तर सहयोग गर्ने छौ दोलखा समाज जापनका अध्यक्ष महेश खड्काले भने । दोलखा समाज जापनले आगामी दिन नेपाल पत्रकार महासंघलाई आर्थिह सहयोग गर्दै जाने समाजका सचिव शैलेन्द्र खड्काले बताए । खड्काले भने यस पटक करिब ६ लाखको स्वास्थ्य सामाग्री र खाध्यान सहयोग गरेकाछौ । उनी भन्छन आगामी दिनमा खेलकुद तथा धार्मिक क्षेत्रमा दोलखा समाज जापनले सहयोग रहनेछ ।
सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पातल लाई २७ वटा ,जिरी अस्पातल लाई २७ वटा, तामाकोशी कोभिड अस्पाललाई १६ वटा, बैत्यश्व कोभिट अस्पताल १६ वटा र सिंगटी अस्पाताल १६वटा गरि जम्मा १०२ वटा स्वास्थ्य सामाग्रीहरु दोलखा समाज जापन बाट प्राप्त भएको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker