सामाजिक सुरक्षा भत्ता लिन सास्ती (तस्बिरहरु)

विराटनगर । कोरोना संक्रमणको जोखिमका बीच वृद्धवृद्धाहरुको गत आर्थिक वर्षको अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय बाणिज्य बैंकहरुमा घुइँचो लाग्ने गरेको छ । विराटनगरको रानीस्थित राष्ट्रिय बाणिज्य बैंकमा वृद्धवृद्धाहरुले दिनभरि लाइनमा बसेर भत्ता थाप्न बाध्य हुनुभएको हो ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेको वृद्धवृद्धाहरु घण्टौं लाइनमा बसेर भत्ता लिन बाध्य छन् । ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिने नीति छ तर ज्येष्ठ नागरिकहरुकै घुइँचो लागेपछि प्राथमिकताको सवाल नै गौण भएर जान्छ । तर भत्ता दिनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउनु बैंकको दायित्व हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले साउन १४ गते मध्यरातीसम्मका लागि जारी गरेको निषेधाज्ञामा बैंक तथा बित्तीय संस्थाहरुलाई कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै कारोबार गर्ने व्यवस्था गरेको छ । तर त्यसको विपरित बैंकले संक्रमणको उच्च जोखिममा रहेका वृद्धवृद्धाहरुको घुइँचो लगाएर कारोबार गरिरहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker