
दोलखा । नेकपा माओवादीले पार्टी कार्यालय बनाउने अभियान आइतबार बाट सुरु गरेको छ। आइतबार बसेको भवन निर्माण उपसमितिको बैठकले माओवादी केन्द्र दोलखाको भवन निर्माण गर्ने अभियानको सुरुवात गरेको हो । शनिबार सदरमुकाम चरिकोटमा बसेको माओबादी केन्द्रको बैठकले भवन निर्माण गर्ने निर्णय गरेको थियो।
सहिद स्मृती प्रतिष्ठानको नाममा हुने उक्त भवन मै जिल्ला पार्टी कार्यालय पनि रहने अभियानमा संलग्न युबा नेता तथा युबा तथा खेलकुद बिभाग सचिब पुष्कर कुमार अधिकारीले जानकारी दिए । अधिकारिले बताए अनुसार सहयोग संकलनका लागि अब छिट्टै खाताको संचालन गरिने छ ।
सम्पुर्ण राजनितीक दल, ब्यवसायी लगायत सम्पूर्णलाई सहयोगका लागि माओबादी केन्द्रले आग्रह गरेको छ।
पार्टी कार्यालयको भवन निर्माणका आज माननीय विशाल खड्काले १ लाख सहयोगको घोषणा गरेर अभियानको सुरुवात गरेका थिए। त्यसै गरि निर्माण ब्यवसायी अर्जुन दाहालले एक लाख पचास हजार,
ब्यवसायी एबम माओबादी केन्द्रका नेताहरु सुरेश उप्रेती, रोहित बुढाथोकी , विश्वास कार्की ,सुब्बा श्रेष्ठले १/१ लाख सहयोग घोषणा गरेका छन । केही ब्यक्तिले आज नै रकम जम्मा गरिसकेको माओबादि केन्द्रले जनाएको छ।