कोरोना खोप लगाएका नेपालीलाई युएईमा प्रवेश खुल्ला

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले आजबाट नेपालीलाई प्रवेश अनुमति दिएको छ । आज विहिबारदेखि युएईले कोरोनाविरुद्धको खोप लगाएका नेपालीहरुका लागि प्रबेश अनुमति दिएको आबुधावी स्थित नेपाली दुतावासले जानकारी दिएको छ ।

युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउने गरी अनुमति दिइएको हो ।

युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

उनीहरूले युएई सरकारको अनुमति लिनुपर्नेछ । त्यसरी युएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य सम्बन्धीप्रोटोकलको पालना गर्नुपर्ने छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker