
उधोग वाणिज्य संघ खैरहनीको आयोजनामा कर शिक्षा तालिम हुने भएको छ।
आन्तरिक राजस्व कार्यलय भरतपुरको प्राविधिक सहयोग र उधोग वाणिज्य संघ खैरहनीको आयोजनामा हुने कार्यक्रममा कर शिक्षा तालिमको साथै अन्तशुल्क छुट सम्बन्धि जानकारी दिनका साथै कर सम्बन्धि पुर्ण जानकारी नहुदा कर तिर्ने समयमा ब्यवसायीले झन्झटिलो अवस्थाको सामना गर्नु परेको भन्दै सो को समाधानको लागि कार्यक्रमको आयोजना गरिएको कर शिक्षा समितिका संयोजक बिनोद अर्यालले बताएका छन।
यहि श्रावण २६ गते हुने संघको सभाहलमा हुने उक्त कार्यक्रममा सम्पुर्ण सदस्यज्युहरुलाई उपस्थित हुन आग्रह समेत गरिएको संघका माहासचिव केदारनाथ बर्तौलाले जानकारी दिएका छन।
