गौरिकाले खोपिन् ओलम्पिक लोगो अंकित ट्याटु

काठमाडौं । नेपालकी सबैभन्दा कान्छी ओलम्पियन पौडि खेलाडी गौरिका सिंहले ओलम्पिक लोगोको ट्याटु खोपेकी छन् ।

ओलम्पिक सकिएको दुई दिन पछि उनले ट्याटु खोपेकी हुन । उनले ट्याटु खोप्दै गरेको भिडियो टिकटकमा सार्वजनिक गरेकी छिन । टिकटकमा गौरीकाले पर्मानेन्ट ट्याटु भएको लेखेकी छन् ।

हालै सम्पन्न टोकियो ओलम्पिकमा पनि नेपालको प्रतिनिधित्व गर्दै पौडीको १०० मिटर महिला फ्रि–स्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् । आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी गौरिकाले हिट चरण पार गर्न सकिनन् ।

सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदकसहित कूल ९ पदक जितेकी गौरिका नेपाली खेलकुदमा जलपरीको उपमाले परिचित छिन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker