यसवर्षको गाइजात्रा भर्चुअलबाट , गजुरेलको दमदार प्रस्तुती हुने

काठमाडौं । कोरोनाका कारण सबै क्षेत्र प्रभावित भइरहेको सन्दर्भमा यस बर्षको गाइजात्रा पनि भर्चुअल माध्यममार्फत आयोजना गरिने भएको छ ।

सधै प्रज्ञा प्रतिष्ठानमा आयोजना हुदै आएकोमा कोरोनाभाइरस महामारीको कारण खुल्ला रुपमा गर्न नसकेपछि एपीवान टिभीबाट गाइजात्रा प्रसारण हुने भएको हो ।

पहिलो पुस्ता र दोस्रो पुस्ताका कलाकारहरुको प्रस्तुती रहने गाइजात्रा कार्यक्रम आगामी भदौ १ देखि ७ गतेसम्म प्रस्तुत हुने छ ।

यसपटक भने भर्चुअलरुपमा हुने भएपछि हाँस्य कलाकारले सोही अनुसार तयारी थालेका बताएका छन । कमेडियन मनोज गजुरेलले आफ्नो गर्ने कमेडी चरित्र र तिनको हुलिया समेत सार्वजनिक गर्नुभएको छ ।

हास्य कलाकार गजुरेलले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रुसी राष्ट्रपति भ्दालमिर पुटिन, पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्री शेरबहादुर देउवाको चरित्र चित्रण गर्ने तयारी रहेको सार्वजनिक गर्नुभयो ।

हाँस्य व्यंग्य कलाकारहरु शैलेन्द्र सिंखडा, चट्याङ मास्टर, राजा राजेन्द्र, हिमेश पन्त लगायतको प्रस्तुती हुने छ ।

यसैगरी पशुपति शर्मा, यमन श्रेष्ठ र किरण केसीले व्यंग्य गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसैगरी नयाँ कलाकारहरु रियाशा दाहाल र भटभटे माइलोले पनि प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker