
खैरहनी | खैरहनी उद्योग वाणिज्य संघद्वारा ईलाका प्रहरी कार्यलय खैरहनी लाई माक्स हस्तान्तरण गरिएको छ।
कोरोना महामारीको बिपदले बितण्डा मच्चाईरहेको बेला जनताको जन धनको सुरक्षामा रातदिन फ्रण्टलाईनमा खटिरहेका राष्ट्र सेवक सुरक्षाकर्मीको मनोवल उच्च पार्न सो ६०० पिस माक्स हस्तान्तरण गरिएको संघका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिए ।
उनले संकटमा हामी उधोगी ब्यवसायी साथैमा छौं भन्ने सन्देश प्रवाह स्वरुप माक्स प्रदान गरिएको र अन्य आवश्यक सामाग्री पनि आउदा दिनमा प्रदान गरिने बताएका छन।
सो सामाग्रीहरु एक कार्यक्रमका बिच खैरहनी उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कुमार खनाल, महासचिव केदारनाथ बर्तौला लगाएतले संयुक्त रुपमा ईलाका प्रहरी कार्यालय खैरहनिका प्रहरी नायब निरीक्षक तारा प्रसाद रिमाल लाई हस्तान्तरण गरेका थिए।
यसैबिच आजै संघले हजुरको माक्स खोइ? अभियान समेत संचालन गरेको छ, बजार क्षेत्रमा विना माक्स यात्रा गरिरहेका ब्यक्तीहरुलाई सुरक्षाको मापदण्ड अपनाउन आग्रह गर्दै माक्स वितरण गरिएको संघले जनाएको छ।