
सुजन काफ्ले
दोलखाको सदरमुकाम चरिकोटमा आज बाट एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा गरे सगै बिहिबार बिहान बाट नै चरिकोट बजार पुर्ण रुपमा बन्द गरिए पनि चरिकोटमा नै रहेको खोपकेन्द्र भने बाक्लो भिड रहेको छ। खोप लगाउने आएका स्थानीयहरुको सामाजिक दुरि कायम गरि मापदण्ड पालना नगराउदा बाक्लो भिड भएको हो।
बजार चाहिँ पुर्ण रुपमा बन्द गर्ने जिल्ला प्रशासन कार्यालय नजिक रहेको खोपकेन्द्रमा चाहिँ बाक्लो भिड हुदा समेत बेवास्ता गरिएको भन्दै प्रशासनको सामाजिक सन्जालमा चर्को आलोचना भएको छ।
बजारमा नेपाल प्रहरी र शसस्त्र प्रहरी बाक्लो रुपमा परिचालन गरिएको छ। बजारमा निजि सवारी चलाउन समेत कडाइ गरिएको छ।
औसधि बाहेकका सबै पसल बन्द भएका छ्न। गाउँ गाउँ बाट आएका लामोदुरीका सवारीसाधन चले पनि बजारमा यात्रु ओराल्ने र चडाउने काम बन्द गरिएको छ। प्रशासनले २ गतेसम्म चरिकोट बजारका सम्पुर्ण बैक सहकारी लगायतका बित्तीय संस्थाहरु समेत बन्द गर्ने निर्णय गरे सगै सम्पुर्ण कार्यालयहरु बन्द भएका छन। चरिकोटमा रहेका सरकारी कार्यालयहरु आलोपालो रुपमा सन्चालन गरिएको छ।
चरिकोट बजारमा १ दर्जन भन्दा बढी पसल ब्यवसायहरु कोरोना सङ्क्रमण देखिपछि केही दिन देखि ति ब्यवसाय बन्द छन।
जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ५० पुगेको छ। प्रतिदिन सङ्क्रमितको सङ्ख्या ५० को हाराहारिमा रहेको छ।