हिन्दु धर्माब्लम्बीले आज नाग पञ्चमी पर्व मनाउँदै

विराटनगर । हिन्दुधर्माब्लम्बीहरुले आज नाग पञ्चमी पर्व मनाइरहेका छन् । घर घरमा महिलाहरुले घर आगन चोख्याएर घरको मूल ढोकामा नागको तस्बिर राख्ने र गाईको गोबरले मूल ढोकाको भित्तामा नागको चित्र बनाएर पूजा गर्ने परम्परा छ ।

महिलाहरुले धानको लावा र दुध नाग देउतालाई चढाएर वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख दिएको आँखाले देख्न नपर्ने र कानले सुन्न नपरोस् भन्ने प्रार्थना गर्ने चलन छ ।

नागका बाह्र नाम भए पनि अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई पूजा गर्ने परम्परा चलिआएको छ । नागको पूजा गर्ने परम्पराले कोही कसैले सर्पलाई देखे पनि देउता भनेर संरक्षण गर्ने संस्कृति रहेको छ ।

सर्पलगायतका बिसालु जीवले प्रकृतिमा रहेका बिसालु पदार्थ शोषण गरी मानवलगायत अन्य प्राणीलाई विषालु पदार्थको प्रभावबाट जोगाउने गरेको वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ । त्यसैले नागलगायतका बिसालु जीवको संरक्षणका लागि देउताको रुपमा पूजा गर्ने संस्कृति रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker