
नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवन को चौथो अधिवेशन आज रत्ननगरमा सम्पन्न भएको छ।
रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बागमति प्रदेश खेलकुद बिकास परिषद का सदस्य सचिव सुर्य भण्डारि , नेपाल तेक्वान्दो संघ बागमति प्रदेशको अध्यक्ष केशव पुरि बिशिस्ट अतिथिको रुपमा रहनु भएको थियो।
अधिवेशनले आगामी चार बर्षे कार्यकालका लागि गोपाल श्रेष्ठको अध्यक्षतामा १५ सदस्य समितिको गठन गरेको छ जसको उपाध्यक्षमा सुदिप गिरि र प्रदिप श्रेष्ठ , सचिवमा सैलेश श्रेष्ठ, कोषाध्यक्षमा धनबहादुर दराई र सहसचिवमा सुनिल सिंह ठकुरी रहेका छन, भने सदस्यहरुमा महम्मद कुरिम उल्लाह, सुरज पौडेल, विश्वराम बिक, नबिना खनिया, बिक्रम श्रेष्ठ , रन्जन तामाङ्ग, लक्ष्मण परियार, प्रसङ्ग कायस्थ र फुलमाया कुमाल रहेका छन।
