
खैरहनी उधोग वाणिज्य संघले फर्म नविकरण गर्न आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ।
संघका अध्यक्ष दिपेन श्रेष्ठले आज एक सुचना जारी गर्दै प्रोपाईटरशिप दुर्घटना विमा जारी गर्नका लागि नविकरण आवश्यक पर्ने हुदा यथासिघ्र गर्न अनुरोध गरेको छ।
फर्म नविकरणका लागि नागरिकताको फोटो एक प्रती, पासपोर्ट साईजको फोटो २ प्रती र नगरपालिका दर्ता र पान दर्ताको फोटोकपि १-१ प्रती आवश्यक पर्ने कार्यक्रम संयोजक एवम संघका वरिष्ठ उपाध्यक्ष कुमार खनालले बताएका छन।