युनिभ कलेज र मोर्डन ऐराको तीनदिने मास्क वितरण अभियान सम्पन्न (फोटो फिचरसहित)

विराटनगर । कोभिड–१९ को संक्रमण जोगिने प्रमुख उपाय भनेकै स्वास्थ्य मापदण्डको पालना भन्ने पुष्टि भएपछि मास्कको प्रयोगलाई अनिवार्य गर्न आग्रह गर्दै विराटनगरमा तीन दिने मास्क वितरण अभियान सञ्चालन गरिएको छ ।

विराटनगर स्थित युनिभ कलेज र मोर्डनएरा स्कूलको संयुक्त आयोजनामा नेपाल मास्क अभियान सञ्चालन गरिएको हो । भदौ १ गते देखि संचालित अभियान आज सम्पन्न भएको छ ।

कोरोनाको महामारीको संक्रमणलाई न्यूनिकरण गर्ने सामाजिक दायित्व वहन गर्दै अभियान सञ्चालन गरिएको क्याम्पस प्रमुख ठाकुर भण्डारीले बताउनुभयो ।

विराटनगरका बरगाछी, कञ्चनबारी, ढाट, पुष्पलाल चौक र बुढिगंगा गाउँपालिकाको टंकिसिनवारी चौकमा बसेर कलेज र स्कूलका बिद्यार्थीहरुले मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

विद्यार्थीहरुको समूहले मास्क प्रयोग नगरि हिड्ने यात्रु र बटुवाहरुलाई मास्क प्रयोग र यसको उपयोगिताको बारेमा जानकारी गराउँदै मास्क बितरण गर्दा प्रभावकारी भएको मोर्डनएराका प्रिन्सिपल इन्द्र राईले बताउनुभयो ।

तीन दिनको अभियानमा दश हजार मास्क बितरण गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker