
दाेलखा । जिल्लाको बैतेश्वर गाउँपालिका ५ मैनापोखरीमा रहेको रहेकाे जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे चार बर्षे ब्यवसायिक रणनीतिक याेजना निर्माण कार्यशाला आज बाट सुरू भएको छ ।संस्थाकाे मुख्य कार्यालयमा अाज एक कार्यक्रमको आयोजना गरि योजना निर्माण कार्यशालाको सुरूवात गरिएको हाे ।
आज बाट सुरू भएको रणनीति ब्यवसायिक याेजना तीन दिन चल्ने छ ।नेपाल बचत तथा ऋण सहकारी संघ लिकाे प्राविधिक सहयाेगमा र जनसचेतन साकाेसकाे अायाेजनामा सञ्चालन भएको कार्यक्रम जनसचेतन साकाेसका अध्यक्ष हेमन्त चौलागाईंको अध्यक्षतामा र बागमति प्रदेश सहकारी संघ लिमिटेडका महासचिव भिम प्रसाद दहालकाे प्रमुख अाथित्यमा सुरू भएको हाे ।
नेफ्स्कुनका प्रशासन विभाग प्रमुख सञ्जय तिमिल्सिना , कार्यक्रम अधिकृत बल्भ तिमिल्सिना ,काेमल राज अधिकारीले सहजिकरण गर्नु हुने छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भिम प्रसाद दहालले संस्था सफलता हुन संस्थाले आफ्नो याेजना बनाई अगाडि बढ्न सकिने बताउदै याे अवस्था सम्म अाउदा साकाेसले याे भन्दा अघि साकाेसले बनाएकाे पञ्च बर्ष याेजना रहेकाे र त्याे याेजनामा साकाेसको सफलता रहेकाे बताए।
अबकाे याेजना पहिलाकाे भन्दा पनि राम्रो र उत्कृष्ट बनाउने योजना रहेको अध्यक्ष चौलागाईंले बताए ।
उक्त कार्यशाला गाेष्ठिमा साकाेसका सञ्चालक,लेखा सुपरिवेक्षण र सस्थाका उच्च ब्यवस्थापनका कर्मचारीहरू रहेका छन।
हाल जनसचेतन साकाेसकाे कुल पुँजि २ अरब पुगेको छ भने १६ वटा सेवा केन्द रहेका छन । जनसचेतन साकाेसको हाल दोलखा सहित काठमाडौ ,भक्तपुर, ललितपुर र काभ्रे कार्यछेत्र रहेकाे छ ।