
खैरहनी १३ हर्नरीमा रहेको श्री रत्नमान टेकबहादुर दिब्यज्योती सामुदायिक पुस्तकालयले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।
कोरोना महामारीको बिपदले बितण्डा मच्चाईरहेको बेला जनताको सुरक्षामा रातदिन फ्रण्टलाईनमा खटिरहेका स्वास्थ्यकर्मी,पत्रकार र सामुदायिक विधालयलाई रिड नेपालको सहयोगमा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संस्थाका सचिव गोविन्द दुवाडीले जानकारी दिएका छन।
उनले संकटमा हामी पनि साथमा साथैमा छौं भन्ने सन्देश प्रवाह स्वरुप स्वास्थ्य सुरक्षाका मापदण्डका लागि आवश्यक सामाग्री मास्क, सेनिटाईजर लगायतका सामाग्री उपलब्ध गराएको जानकारी दिए ।
यो भन्दा अगाडी सोही सामुदायिक पुस्तकालयले कोभिडको मारमा परेका ५७ घर बिपन्न अशक्त परिवारलाई खाधान्न र लत्ताकपडा समेत वितरण सगै ह्याण्ड वास स्टेसन समेत निर्माण गरिएको संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन।