चरी जेलैमा चर्चामा

काठमाडौ । गायिका विष्णु माझी गाउँने प्रायः गीत हिट हुने गरेका उदाहरण छ । गायिका माझीले अहिले तीजको अवसर पारेर ल्याएको गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ले पनि अहिले राम्रो चर्चा बटुल्न सफल भएको छ ।

‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ल्याइएको गीतले यतिबेला टिकटकदेखि सामाजिक संजालसम्म चर्चा बटुलिरहेको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा सुन्दरमणी अधिकारीको शब्द÷संगीत, विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।

सुन्दरमणीकै निर्माण, निर्देशन रहेको गीतको भिडियोमा शिव बि।कको कोरियोग्राफी छ । तीजको अवसर पारेर जथाभावी गीत सार्वजनिक भएको समयमा यो गीत मौलिक रहेको छ ।

विवाहित चेलिको वेदना प्रस्तुत गरिएको गीतमा खराव श्रीमान्का कारण चेलिले पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ।

युट्युबमा १८ अगष्टमा सार्वजनिक गीतले ६ दिनमा २९ लाख भन्दा बढी दर्शन पाएको छ । सुजन शाहीको सम्पादन रहेको भिडियो शम्भु चालिसेले छायाँकन गर्नु भएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker