प्रदर्शन मिति तय ‘केजीएफ २’को

काठमाडौ । सन् २०१८ मा रिलिज भएको कन्नड चलचित्र ‘केजीएफ’ले दर्शकमाझ राम्रो प्रभाव पारेको थियो । यो चलचित्रको सिक्वेल पनि प्रदर्शनका लागि तयार भैरहेको छ । तर, कोरोनाका कारण चलचित्रको प्रदर्शन मिति बारम्बार पछि सरिरहेको छ ।
यो चलचित्रलाई यो बर्षको जुलाई १६ मा रिलिज गर्ने तयारी भैरहेको थियो । तर, कोरोनाको दोश्रो लहरको कारण चलचित्र रिलिज हुन सकेन ।

अब भने यो चलचित्रको नयाँ प्रदर्शन मिति तय गरिएको छ । चलचित्रका मुख्य नायक यशले आइतबार ट्विटरमार्फत चलचित्रको नयाँ मिति सार्वजनिक गरेका हुन् । यो चलचित्र सन् २०२२ को अप्रिल १४ बाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएका छन । चलचित्रमा यशको साथमा संजय दत्त र रविना टन्डनको मुख्य भूमिका रहने छ।

चलचित्रमा सञ्जय खलपात्रको भूमिकामा देखिएने छन् । चलचित्रको टिजर सार्वजनिक भैसकेको र दर्शकले यसलाई निक्कै मन पराएका छन् । कन्नड भाषामा बनेको यो चलचित्रलाई हिन्दी, तेलुगु, तमिल, मलयालम भाषामा पनि प्रदर्शन हुने छ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker